आज:  २०८१ बैशाख २४, सोमबार | Mon, 06, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पाल्पाको जीप दुर्घटना हुँदा ज्यान गुमाएका ६ जना एकै परिवारका सदस्य रहेका पुष्टि

एपी खबर २०८० कार्तिक ६, सोमबार (६ महिना अघि) १२१ पाठक संख्या

काठमाण्डाै – पाल्पाको जीप दुर्घटना हुँदा ज्यान गुमाएका ६ जना एकै परिवारका सदस्य रहेका पुष्टि भएको छ । प्रहरीका अनुसार उनीहरू पूर्वी नवलपरासीको देवचुली नगरपालिका रजहरका बासिन्दा हुन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार दुर्घटनामा श्रीमान्, श्रीमती, सम्धिनी, बुहारी र दुई नातीले ज्यान गुमाएका छन् । देवचुली नगरपालिका-१६ रजहरका ६५ वर्षका कृष्णबहादुर लोहनी र पार्वती लोहनी श्रीमान्, श्रीमती हुनुहुन्छ ।

 

यस्तै, उहाँकी बुहारी सबिना र दुई नातीहरू ईसव र सबिसको पनि ज्यान गएको हो । यस्तै, सबिनाकी आमा लमजुङ बेसीसहर २ भकुण्डेकी ५५ वर्षीया चुना धितालको पनि ज्यान गएको छ । दुर्घटनामा घाइते भएका चालक ईश्वर लोहनी कृष्णबहादुरका छोरा भएका प्रहरीले जनाएको छ । उहाँको तानसेनमा रहेको युनाइट मिसन अस्पतालमा उपचार भइरहेको छ । हिजो रानीमहल घुमेर फर्किने क्रममा उनीहरु चढेको बाग्मती प्रदेश ०१–०२६ च ७२०९ नम्बरको जीप पल्टिएको थियो ।

 

जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनास्थल खोँच भएकोले उद्धारमा कठिनाइ भएको थियो । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय बासिन्दाको सहयोगमा घाइते तथा ज्यान गुमाएकाको उद्धार गरिएको थियो । दुर्घटना पछि रजहर गाउँ शोकमा डुबेको छ ।

प्रतिक्रिया दिनुहोस