आज:  २०८१ बैशाख २४, सोमबार | Mon, 06, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बारामा हत्या गरिएको अवस्थामा एक महिलाको शव बरामद

अखिलेश कुमार यादव २०८० कार्तिक १६, बिहिबार (६ महिना अघि) १०८ पाठक संख्या

बारा : बारामा एक महिलाको हत्या गरिएको अवस्थमा शव भेटिएको छ ।जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ६ नगौलमा एक महिलाको हत्या गरिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।

 

 

स्थानियले महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेको थियो।घटना बारे जानकारी पाए लग्तै ईलाका प्रहरी कार्यालय सिमरा र जीतपुरको टोलि घटनास्थलमा पुगेको थियो।हत्या गरेर फालिएको महिलाको पहिचान खुल्न सकेको छैन ।घटना लगतै तालिम प्राप्त कुकुरको सहयोगमा प्रहरीले घटनाको अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस