आज:  २०८१ बैशाख २४, सोमबार | Mon, 06, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जीतपुरसिमरा वडा न १४ मा भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण

अखिलेश कुमार यादव २०८० कार्तिक २१, मंगलबार (६ महिना अघि) ११९ पाठक संख्या

बारा : बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न १४ ले भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण गरेको छ । आज मंगलबार जीतपुरसिमरा उपमहानगरपालिका १४ का वडा अध्यक्ष चयन गुरुङ्ग सहितको उपस्थितिमा ५५० जना भूमिहीन परिवारलाई निस्सा वितरण गरिएको हो ।जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न १४ को कार्यालयले एक कार्यक्रमको आयोजना गरेर वषौ देखी भुमिहीन भएर बसोबास गर्दै आएका परिवारको पहिचान गरि पहिलो चरणमा ५५० जनालाई निसा वितरण गरिएको वडा अध्यक्ष गुरुङ्गले बताए ।भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई लालपूर्जा वितरण गर्नका लागि निस्सा दिन थालिएको हो । निस्सा प्राप्त गरे पछि भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरु अब चाँडै लालपुर्जा पाउने आशामा बसेका छन् ।

नेकपा एमालेका पोल्युट ब्युरो सदस्य एवं प्पोरवा मन्त्रि पुरुषोतम पौडेलको प्रमुख अतिथ्यतामा वडा न १४ का भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण गरिएको हो । निस्सा वितरण कार्यक्रममा बोल्दै पौडेलले लामो समयसम्म जग्गा नपाएका सुकुम्वासी नागरिकले निस्सा प्राप्त गरेसँगै अब लालपुर्जा पाउने बाटो खुलेको बताए ।

लालपुर्जा प्राप्तीका लागि आवश्यक कार्य गर्न सहजीकरण गर्ने उनले बताए । उक्त निस्सा वितरण कार्यक्रमा मधेस प्रदेशका प्रदेश सभा सदस्य मंजु थापा, जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेल, भूमी सम्बन्धि समस्या सामाधान आयोज बाराका सदस्य मेहिलाल दास लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस