आज:  २०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

थाइल्यान्डमा एक बेहुलाले बेहुलीसहित ४ जनालाई गोली हाने

एपी खबर २०८० मंसिर ११, सोमबार (५ महिना अघि) ५२ पाठक संख्या

थाइल्यान्डमा एक व्यक्तिले आफ्नै विवाहमा बेहुलीसहित चार जनालाई गोली हानेका छन् । थाइल्यान्डका पूर्वसैनिक तथा पौडी खेलाडी २९ वर्षीय चतुरोङ सुक्सुकले आफ्नो विवाहमा आफैँलाई गोली हान्नुअघि दुलही ४४ वर्षीया कञ्चना पचुन्थुक र अरू तीन जनालाई गोली हानेका प्रहरीलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ ।

 

विवाह समारोह चलिरहेका बेला समारोह छोडेर निस्किएका बेहुला केहीबेरमा बन्दुक लिएर आई गोली चलाएका बीबीसीको खबरमा उल्लेख छ । गोली लागेका सबैकाे ज्यान गएकाे प्रहरीले जनाएको छ । गोली चलाउनुकाे कारण भने खुलेको छैन ।चतुराेङले गएकाे वर्ष इन्डाेनेसियामा भएकाे एसियन पारा गेम्स पाैडीमा रजत पदक जितेका थिए ।

प्रतिक्रिया दिनुहोस