आज:  २०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

गाजामा मारिनेको संख्या १८ हजार नाघ्यो

एपी खबर २०८० मंसिर ३०, शनिबार (४ महिना अघि) १०१ पाठक संख्या

गाजा– इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच जारी युद्धमा हालसम्म १८ हजार भन्दा बढी मानिस मारिएका छन् ।गाजाको स्वास्थ्य मन्त्रालयका प्रवक्ता अशरफ अल कुद्राले शुक्रबार मात्रै इजरायली आक्रमणमा परी कम्तीमा १७९ जनाको मृत्यु भएको र ३०३ जना घाइते भएको बताएका छन्।

 

उनका अनुसार गाजा क्षेत्रका भग्नावशेषमुनि र सडकमा अझै ठूलो सङ्ख्यामा मानिसहरू रहेका छन् । अक्टोबर ७ देखि सुरु भएको युद्धमा अहिलेसम्म मृत्यु हुनेको संख्या १८ हजार ७ सय ८७ पुगेको र ५० हजार ८९७ घाइते भएको मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस