आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कंगोमा बाढी पहिरोमा परी कम्तिमा ४० जनाको मृत्यु 

एपी खबर २०८० पौष १२, बिहिबार (४ महिना अघि) ९५ पाठक संख्या

कंगो– कंगोमा बाढी पहिरोमा परी कम्तिमा ४० जनाको मृत्यु भएको छ । कंगोको पूर्वी प्रजातान्त्रिक गणतन्त्रको दक्षिण किभु प्रान्तको राजधानी बुकाभुमा मङ्गलबार रातिदेखि परेको भारी वर्षापछिको बाढीमा परी ४० जनाको मृत्यु भएको हो । उक्त बाढीपहिरोमा परी सयौँ घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन्।

 

प्रान्तीय गभर्नरको कार्यालयका अनुसार बुकाभुमा कम्तिमा २० जना र वरपरको गाउँ बुर्हिनीमा २० जना मारिएका छन्। यसअघि मे २०२३ मा दक्षिण किभुको कालेहे क्षेत्रमा भारी वर्षाका कारण बाढी प्रभावित क्षेत्रहरूमा कम्तिमा ४३८ शव फेला परेका थिए ।

प्रतिक्रिया दिनुहोस