आज:  २०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

युक्रेनले रुसमा गरेको आक्रमणमा २० जनाको मृत्यु, सयभन्दा बढी घाइते

एपी खबर २०८० पौष १५, आईतबार (३ महिना अघि) १२३ पाठक संख्या

मस्को : युक्रेनले दक्षिणपश्चिमी रुसमा घातक हवाई हमला गरेको आरोप रुसले लगाएको छ । युक्रेनको सिमाना नजिक रहेको बेलगोरोडमा शनिबार भएको आक्रमणमा २० जनाको मृत्यु हुनुका साथै सयभन्दा बढी घाइते भएका बताइएको छ । त्यहाँका गभर्नरले यसलाई अहिलेसम्मकै सबैभन्दा घातक हमला भनेका छन्। उनका अनुसार मृत्यु हुनेमा तीन बालबालिका पनि छन् ।युक्रेनी सेनासँग सम्बन्धित एक स्रोतले शनिबारको आक्रमणमा सेनाको पूर्वाधारलाई मात्र निशाना बनाएको बताएको छ ।

 

रुसमाथि युक्रेनले गरेको यो हमलालाई रुसले शुक्रबार युक्रेनमा गरेको आक्रमणको प्रतिक्रियाको रुपमा लिइएको छ । रुसी आक्रमणमा ३९ जनाको मृत्यु भएको थियो । त्यसपछि युक्रेनले यो रुसको अहिलेसम्मको सबैभन्दा ठूलो हमला भएको बताएको छ । रुसले पछिल्लो आक्रमणमा युक्रेनमा बनेको ओल्खा र चेक रिपब्लिकमा बनेको भ्याम्पायर रकेटको प्रयोग गरेको आरोप पनि लगाएको छ । न्युयोर्कमा संयुक्त राष्ट्र सुरक्षा परिषद्को आकस्मिक बैठकमा रुसी राजदूत भासिली नेबेन्ज्याले युक्रेनले नागरिक लक्ष्यमा जानाजानी, अन्धाधुन्ध आक्रमण गरेको आरोप लगाएका छन् । बीबीसी

प्रतिक्रिया दिनुहोस