आज:  २०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जापानमा गएकाे शक्तिशाली भूकम्पमा परि ज्यान गुमाउनेकाे सङ्ख्या २० पुग्यो

एपी खबर २०८० पौष १७, मंगलबार (३ महिना अघि) ९० पाठक संख्या

जापानमा गएकाे शक्तिशाली भूकम्पमा परि ज्यान गुमाउनेकाे सङ्ख्या २० पुगेकाे छ । मध्य जापान र वरपरका क्षेत्र भएर साेमवार गएकाे ७ दशमलव ६ रेक्टरस्केलकाे भूकम्पमा परि २० जनाकाे ज्यान गएकाे समाचार संस्था राेयटर्सले जनाएकाे छ । जापानका प्रधानमन्त्री फुमियो किशिदाले भूकम्पबाट प्रभावितहरुकाे निरन्तर उद्धारकाे काम भइरहेकाे जानकारी दिनुभएकाे छ ।

 

याे भूकम्प गएपछि ठूलो सुनामी जान सक्ने चेतावनी समेत दिइएको थियो । सुनामीको त्रासमा इशिकावाको तटीय क्षेत्रका बासिन्दाले विस्थापन केन्द्रमा रात बिताएका छन् । त्यहाँ ५ मिटरसम्म अग्ला छालहरू आउन सक्ने सक्ने चेतावनी जारी भएको जापानको राष्ट्रिय प्रसारक एनएचकेले जनाएको छ । भूकम्पपछि जापानमा १ सय ५५ वटा परकम्प गएका छन् ।

प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित ठाउँमा राखेर जापानी सेनाले खाना, पानी र कम्बललगायतका सामग्रीहरू वितरण गरिरहेको छ । यसैबीच अमेरीकी राष्ट्रपति जो बाइडेनले जापानलाई आवश्यक पर्ने जस्तोसुकै सहयोग गर्न तयार रहेको बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस