आज:  २०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

रुसमा सैनिक विमान दुर्घटना ६५ जनाको मृत्यु

एपी खबर २०८० माघ १०, बुधबार (३ महिना अघि) ९५ पाठक संख्या

काठमाडौं- रुसमा सैनिक विमान दुर्घटनामा परेको छ । युक्रेनसँगको सीमानजिकैको बेलगोरोद क्षेत्रमा इल्युशिन आईएल ७६ विमान दुर्घटनामा परेको बीबीसीले जनाएको छ । दुर्घटनामा परी हालसम्म ६५ जनाको मृत्यु भएको रुसी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

 

 

रुसको रिया नोभेस्ती समाचार संस्थाका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा युक्रेनमा जारी युद्धका क्रममा बन्धक बनाइएका युक्रेनी सैनिकहरु पनि छन् । क्षेत्रीय गभर्नर भियाचिस्लाभ ग्लादकोभले घटनाबारे आफू जानकार रहेको बताएपनि थप विवरण दिएका छैनन् ।

त्यसैगरी रुसी प्रशासन क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पनि घटनाबारे जानकारी प्राप्त भएको बताएका छन् । उनले पनि यसबारे थप विवरण दिएका छैनन् ।सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा रुसको याब्लोनोभो गाउँनजिकै विमान दुर्घटनामा पर्नुअघि ठूलो विष्फोटको आवाज सुनिएको थियो ।

प्रतिक्रिया दिनुहोस