आज:  २०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १० वर्षको कैद सजाय

एपी खबर २०८० माघ १६, मंगलबार (२ महिना अघि) १२० पाठक संख्या

काठमाडौँ : पाकिस्तानको विशेष अदालतले पूर्वप्रधानमन्त्री इमरान खान र पूर्वविदेशमन्त्री शाह महमूद कुरैशीलाई साइफर केस अर्थात् राज्यको गोप्य सूचना चुहाएको आरोपमा १० वर्षको कैद सजाय सुनाएको छ । अदालतको यो फैसलाले इमरान खानलाई ठूलो झट्का लागेको छ । उहाँ आमचुनावमा प्रतिस्पर्धा गर्ने तयारी गर्दै हुनुहुन्थ्यो । पाकिस्तानमा आउँदो फेब्रुअरी ८ मा आमचुनाव हुँदैछ ।

 

इमरान खानको पार्टी पाकिस्तान तेहरिक–ई–इन्साफ (पीटीआई) ले विशेष अदालतलको फैसलालाई लिएर उच्च अदालतमा अपिल गर्ने बताएको छ । इमरान खानले आफूविरुद्ध लगाइएको आरोप आफ्नो सरकारलाई ढाल्ने अमेरिकी षड्यन्त्र भएको दाबी गर्नुभएकाे थियाे । विश्वासको मत पाउन नसकेपछि उहाँ सन् २०२२ मा उहाँ पदबाट हट्नुपरेको थियो ।

प्रतिक्रिया दिनुहोस