आज:  २०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

भारतको झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनलाई जग्गा घोटाला सम्बन्धी आरोपमा पक्राउ

एपी खबर २०८० माघ १८, बिहिबार (२ महिना अघि) १०४ पाठक संख्या

काठमाण्डौ – भारतको झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनलाई जग्गा घोटाला सम्बन्धी आरोपमा प्रवर्तन निर्देशालय (ईडी) को टोलीले पक्राउ गरेको छ । हिजो दिनभर झारखण्डको राँचीमा उनकै निवासमा बयान लिएको ईडीले गएराति मुख्यमन्त्री सोरेनलाई पक्राउ गरेको हो । पक्राउ परेकोबारे औपचारिक घोषणा हुनुपूर्व सोरेनले राति नै राज्यपालकहाँ गएर मुख्यमन्त्री पदबाट राजिनामा दिएका बीबीसी हिन्दीले जनाएको छ । ईडी सम्पत्ति शुद्धीकरण, विदेशी मुद्रा कानुनको उल्लङ्घन लगायत विषयमा छानबिन गर्ने केन्द्रीय निकाय हो ।

 

ईडीले सोरेनमाथि राँचीमा सेनाको मातहतमा रहेको ४ एकडभन्दा बढी जमिनको नक्कली कागजात बनाएर अवैध खरीद र बिक्री गरेको आरोप लगाएको छ । यस घटनामा सोरेनसँग यसअघि पनि सोधपुछ भइसकेको थियो । जग्गा घोटाला सम्बन्धी मामिलामा अनुसन्धान अगाडि बढ्दै जाँदा ईडीले अहिलेसम्म १४ जना आरोपीहरूलाई पक्राउ गरिसकेको छ । अभियुक्तले सरकारी अधिकारीसँग मिलेर भूमाफियाको नाममा ठगी गरी ती जग्गा हस्तान्तरण गरेको अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया दिनुहोस