आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

भारत सरकारले नेपाललाई ११ अर्ब २० करोड रुपियाँ बार्षिक अनुदान दिने

एपी खबर २०८० माघ १९, शुक्रबार (२ महिना अघि) ९३ पाठक संख्या

काठमाडौं । भारत सरकारले नेपाललाई दिने वार्षिक अनुदान बढाएको छ । भारतले आगामी आर्थिक वर्ष २०२४/०२५ मा नेपाललाई ७ सय करोड भारु अर्थात् ११ अर्ब २० करोड रुपियाँ अनुदान दिने भएको हो । भारतीय अर्थमन्त्री निर्मला सीतारमणले बिहीबार भारतीय संसद्मा पेस गरेको अन्तरिम बजेटमा गत वर्षको भन्दा १५० करोड भारु अनुदान बढाइएको उल्लेख छ । गत वर्ष भारतले नेपाललाई अनुदानस्वरूप ५५० करोड रुपियाँ छुट्याएको थियो ।

 

भारतले यसअघि आर्थिक वर्ष २०२२/०२३ मा ४३४ करोड, २०२३/०२४ मा ५५० करोड, (०२३/०२४ मा संशोधित ६५० करोड) भारु अनुदान दिएको थियो । आव २०२४/०२५ मा भारतले दक्षिण एसियाली मुलुकमध्ये सबैभन्दा बढी अनुदान भने भुटानलाई दिने भएको छ । सो आवमा भारतले ऋण र अनुदान गरी भुटानलार्य २०६८.५६ करोड भारु दिने घोषणा गरेको छ ।

 

मोदी सरकारको १० वर्षे कार्यकालमा अर्थमन्त्री सीतारमणले छैटौंपटक बजेट पेस गरेकी हुन् । चुनावी अन्तरिम बजेट भएकाले कुनै नयाँ घोषणा नगरिएको उनको भनाइ छ । अप्रिल–मेमा लोकसभा चुनाव भएकाले भारतमा अन्तरिम बजेट आएको हो । नयाँ सरकार आएपछि जुलाईमा पूर्ण बजेट आउनेछ ।

प्रतिक्रिया दिनुहोस