आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कोलकतामाथि राजस्थानको ३ विकेटको रोमान्चक जित

AuthorAP Khabar२०७६ बैशाख १३, शुक्रबार (५ साल अघि) ७८१ पाठक संख्या

बैशाख १३ इन्डियन प्रिमियर लिग (आईपीएल) को ४३ औं खेलमा कोलकता नाइट राइडर्समाथि राजस्थान रोयल्सलले ३ विकेटको रोमान्चक जित हात पारेको छ ।

राजस्थानलाई कोलकाताले १७६ रनको लक्ष्य दिएको थियो । सो लक्ष्य राजस्थानले १९।२ ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो । राजस्थानलाई जितको लागि अन्तिम ओभरमा ९ रन चाहिएको थियो । पहिलो बलमा जोफ्रा आर्चरले प्रसिद्ध कृष्णलाई चौका र दोस्रो बलमा छक्का प्रहार गर्दै खेल जिताए । आर्चर १२ बलमा समान २ चौका र छक्का प्रहार गर्दै २७ रनमा अविजित रहे । राजस्थानको जितमा महत्वपूर्ण योगदान दिएका युवा खेलाडी रियान परागले ३१ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ४७ रनमा हिट विकेट आउट भए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १७५ रन बनाएको थियो । कप्तान दिनेश कार्तिकले अविजित ९७ रन बनाए । उनले ५० बलमा सात चौका र नौ छक्का प्रहार गरे । ओपनर क्रिस लिनले खाता नै खोल्न सकेनन् । सुभमन गिल १४,नितेश राना २१,आन्द्रे रसेल १४ र सुनिल नारायण ११ रनमा आउट भए । कार्लोस ब्रेथवेट ५ रनमा आउट हुँदा रिन्कु सिंह ३ रनमा अविजित रहे । बरुन आरोनले २,ओशन थोमस,जयदेव उनादकट र श्रेयस गोपालले समान १ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस