आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बाराको प्रसौनीमा मेयर कप टि २० किक्रेट प्रतियोगिताको सम्पुर्ण तयारी पूरा

AuthorAP Khabar२०७६ बैशाख १३, शुक्रबार (५ साल अघि) ९२० पाठक संख्या

बैशाख १३ मेयर कप टि २० किक्रेट प्रतियोगिताको सम्पुर्ण तयारी पु भएको बारा जिल्लाको प्रसौनी गाउपालिकाले जनाएको छ ।
प्रसौनिको चण्डीमाई फिल्डमा आयोजना हुन् गइरहेको कार्यक्रममा अत्याधुनिक पिच सहित खेलाडीहरुको लागि प्रतियोगिता सञ्चालन गर्ने तयारी पुरा भएको गाउपालिकाले जनाएको हो ।
यस प्रतियोगिताबाट राष्ट्र स्तरको खेलाडि उत्पादन गर्न सोच रहेको गाउपालिका अध्यक्ष भोला गुप्ताले बताएका छन । हामीले वडास्तरीय प्रतियोगिता गराएर खेलाडीलाई दक्ष र राष्ट्रिय स्तरमा प्रसौनी गाउपालिकाको विकास गर्न प्रतियोगिता आयोजना गरेको बताए ।
प्रतियोगिताको उद्घाटन खेलमा बैशाख १८ गते प्रसौनी गाउपालिका र सुर्वण गाउपालिका बिच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको बिजेताले ५१ ह्जार सहित ट्रफी प्राप्त गर्नेछन भने उपबिजेताले २१ ह्जार सहित ट्रफी प्राप्त गर्नेछन ।
खेलाडिहरु वडास्तरीय प्रतियोगितामा आफनो प्रतिभा राम्रो देखाएकोले खेलाडिको विकासको लागि गाउपालिका स्तरीय मेयर कप टि २० प्रतियोगिताको आयोजना गरेको प्रसौनी गाउपालिका उपाध्यक्ष गिता साहले बताईन ।
त्यस्तै खेलको म्यान अफ द म्याच खेलाडीले नगद ५ हजार रुपैयाँ सहित ट्रफी प्राप्त गर्नेछन भने विधागत रुपमा उत्कृष्ट खेलाडीले ५ हजार रुपैया सहित ट्रफी प्राप्त गर्नेछन ।
बैशाख २३ गते सम्म सन्चालन हुने प्रतियोगितामा ८ वटा गाउपालिका टिमहरुको सहभागिता रहने छ ।
पत्रकार सम्मेलनमा वडाध्यक्ष आन्नद गुप्ता, कार्यकरी अधिकृत रजित यादव लक्ष्मी बैकका विपिन चौधरी, अजय गुप्ता लगायत खेलाडिको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस