आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

चेन्नई १०९ मै अलआउट मुम्बई दोस्रो स्थानमा

AuthorAP Khabar२०७६ बैशाख १४, शनिबार (५ साल अघि) ७८१ पाठक संख्या

बैशाख १४ इन्डियन प्रिमियर लिग (आईपीएल) को ४४ औं खेलमा चेन्नई सुपर किंग्समाथि मुम्बई इन्डियन्सले ४६ रनको सहज जित निकालेको छ । यो जितसँगै मुम्बई अंक तालिकामा दोस्रो स्थानमा उक्लिन सफल भएको छ । चेन्नईस्थित एम चिदामबराम स्टेडियममा मुम्बईले दिएको एक सय ५६ रनको लक्ष्य पछ्याएको चेन्नई १७.४ एक सय ९ रनमा समेटिएको थियो । सुरेश रैनाको कप्तानीमा उत्रिएको चेन्नईका लागि विजय मुरालीले सर्वाधिक ३८ रन बनाए । कप्तान महेन्द्र सिंह धोनी अस्वस्थ भएपछि रैनाले चेन्नईको कप्तानी सम्हालेका थिए ।

मिचेल स्टाननरले २२ र ड्वाने ब्राभोले २० रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन् । चेन्नईलाई सस्तैमा समेट्न मुम्बईका लाथिस मलिङगा एक्लैले चार विकेट लिए । कुर्नाल पाण्ड्या र जस्प्रित बुम्राहले दुई दुई तथा अनुकुल रोए र हार्दिक पाण्ड्याले एक एक विकेट झारे ।

त्यस अघि चेन्नईमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ५५ रन बनाउन सक्यो । मुम्बईका लागि कप्तान समेत रहेका ओपनर रोहित शर्माले ४८ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै ६७ रनको योगदान दिए । रोहितलाई १७ ओभरको दोस्रो बलमा मिचेल सान्टनरले मुरली विजयीबाट क्याच आउट गराए ।

अर्का ओपनर इभिन लुईसले ३० बलमा ३ चौका र १ छक्का सहित ३२, क्विन्टन डी कक १५ र कुनाल पान्ड्या १ रनमा आउट भए । तल्लोक्रमका हार्दिक पान्ड्या २३ र काइरन पोलार्डले १३ रनमा अविजित रहे । हार्दिकले १८ बलमा समान १ चौका र छक्का प्रहार गरे ।

चेन्नईका मिचेल सान्टनरले २, इमरान ताहिर र दिपक चाहरले समान १ विकेट लिए । चेन्नईको कप्तानी आजको खेलमा सुरेश रैनाले गरेका छन् । योसँगै मुम्बई ११ खेलमा ७ मा जित र ४ मा हारका साथ दोस्रो स्थानमा उक्लिएको छ । चेन्नई १२ खेलमा ४ मा हार र ८ मा जितका साथ शीर्ष स्थानमा छ । दिल्ली ११ खेलमा ७ मा जित र ४ मा हारका साथ तेस्रो स्थानमा झरेको छ ।

प्रतिक्रिया दिनुहोस