आज:  २०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सनराईजर्स हैदरावादले चेन्नाईलाई ७ रनले हरायो

एपी खबर २०७७ आश्विन १७, शनिबार (३ साल अघि) ३७३ पाठक संख्या

इन्डियन प्रिमियर लिग (आइपिएल) को १४ औं खेलमा सनराइजर्स हैदराबादले चेन्नई सुपर किंग्सलाई ७ रनले पराजित गरेको छ । यो चेन्नईको लगातार तेस्रो हार हो ।

आईपिएल क्रिकेटको १३ औं संस्करणसम्म आईपुग्दा चेन्नाईले लगातार तिन खेल हारेको यो पहिलो पटक हो । हैदराबादको लगतार दोस्रो जित हो ।

दुबई अन्तराष्ट्रिय क्रिकेट रंगशालामा गएराति भएको खेलमा हैदराबादले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५७ रन मात्र बनाउन सक्यो । चेन्नईका रबिन्द्र जडेजाले ५० रन तथा कप्तान महेन्द्र सिंह धोनीले अविजित ४७ रन जोडेपनि टोलीको हार टार्न सकेनन् । हैदराबादका टी नटराजनले २ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादका प्रियम गर्गले अविजित ५१ रन जोडेपछि टोलीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो । १९ वर्षीय प्रियमको आईपीएलमा यो पहिलो अर्धशतक हो । चेन्नईका दिपक चाहरले दुई विकेट लिए ।

चेन्नईले पहिलो खेलमा मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको थियो । राजस्थान रोयल्ससँग १६ रन र दिल्ली क्यापिटल्ससँग ४४ रनले पराजित भएको थियो । पाँचौ खेलमा चेन्नईले आइतबार किंग्स इलेभेन पन्जाबसँग खेल्ने छ ।

हैदराबाद पहिलो खेलमा रोयल च्यालेन्जर्स बेंगलोरसँग १० रनले पराजित हुँदा कोलकाता नाइट राइडर्ससँग ७ विकेटको हार बेहोरेको थियो । तर तेस्रो खेलमा दिल्लीलाई १५ रनले हराउँदै हैदराबादले पहिलो जित हात पारेको थियो । हैदराबादले आइतबार मुम्बई इन्डियन्ससँग खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस