आज:  २०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

दिल्ली आइपिएलको शीर्षस्थानमा : बैंगलोर ५९ रनले पराजित

एपी खबर २०७७ आश्विन २०, मंगलबार (३ साल अघि) ४७६ पाठक संख्या

काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत गएराति भएको खेलमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई ५९ रनले पराजित गरेको छ ।

दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा भएको आईपीएलको १९ औं म्याचमा दिल्लीले बैंगलोरलाई १९७ रनको चुनौती दिएको थियो । जवाफी ब्याटिङ गरेको बैंगलोर ९ विकेटको क्षतिमा १३७ रनमा समेटियो ।

कप्तान विराट कोहलीले सर्वाधिक ४३ रन बनाए । दिल्लीका लागि कागिसो रबाडाले चार विकेट लिए । ओभरमा १८ रन खर्चेर दुई विकेट लिएका दिल्लीका अक्षर पटेल म्यान अफ द म्याच भए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १९६ रन बनाएको थियो ।

मार्कस स्टोइनिस टप स्कोरर रहे । २६ बल सामना गरेका उनले नटआउट ५३ रन बनाए । उनले ६ चौका र २ छक्का प्रहार गरे । पृथ्वी शाले २३ बलमा ४२, शिखर धवनले २८ बलमा ३२ र रिसभ पन्तले २५ बलमा ३७ रन बनाए । बैंगलोरका लागि मोहम्मद सिराजले २ विकेट लिए ।

दिल्लीले पहिलो खेलमा किंग्स इलेभेन पन्जाबलाई सुपर ओभरमा हराएको थियो । दोस्रो खेलमा चेन्नई सुपर किंग्सलाई ४४ रनले पराजित गरेको थियो ।

तर तेस्रो खेलमा सनराइजर्स हैदराबादसँग १५ रनले पराजित हुन पुग्यो । चौथो खेलमा कोलकाता नाइट राइडर्सलाई १८ रनले पराजित गरेको थियो । दिल्लीले शुक्रबार राजस्थान रोयल्ससँग खेल्ने छ ।

यता बेंगलोरले पहिलो खेलमा हैदराबादलाई १० रनले पराजित गरेको थियो । दोस्रो खेलमा पन्जाबसँग ९७ रनको फराकिलो हार बेहोरेको थियो । तेस्रो खेलमा मुम्बई इन्डियन्सलाई सुपर ओभरमा पराजित गरेको थियो । चौथो खेलमा राजस्थानलाई ८ विकेटले पराजित गरेको थियो । बेंगलोरले शनिबार चेन्नईसुपर किंग्ससँग खेल्ने छ ।

विशाल अन्तरको यो जितसँगै दिल्ली ५ खेलमा ४ मा जित र १ मा हार सहित ८ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । मुम्बई ५ खेलमा ३ मा जित र २ मा हार सहित दोस्रो स्थानमा छ । बेंगलोर ५ खेलमा ३ मा जित र २ मा हार सहित तेस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस