आज:  २०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

राजस्थानलाई हराएर दिल्ली उक्लियो शीर्षस्थानमा

एपी खबर २०७७ आश्विन २४, शनिबार (३ साल अघि) ४९३ पाठक संख्या

काठमाडौं : दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को अंक तालिकामा शीर्षस्थानमा उक्लिएको छ । शुक्रबार राति भएको २३ औं खेलमा दिल्लीले राजस्थान रोयल्सलाई ४६ रनले पराजित गर्दै मुम्बई इन्डियन्सलाई पछि पार्दै शीर्षस्थानमा उक्लिएको हो ।

 

जितका लागि १ सय ८५ रनको लक्ष्य पछ्याएको राजस्थान १९.४ ओभरमा १ सय ३८ रनमा अल आउट भयो । राजस्थानका राहुल टेवाटियाले २९ बलमा ३ चौका र २ छक्का सहित सर्वाधिक ३८ रनको योगदान दिए । त्यस्तै युवा ब्याट्सम्यान यशस्वी जैसवालले ३६ बलमा २ छक्का र १ चौका सहित ३४ रनको योगदान दिए ।

 

स्पिनर रविचन्द्रन आश्विनले तेस्रो ओभरको तेस्रो बलमा ओपनर जस बटलरलाई १३ रनमा शिखर धवनबाट उत्कृष्ट क्याच आउट गराउँदै पहिलो सफलता दिलाए । बटलरले ८ बलमा २ चौका प्रहार गरे । एनरिच नोर्टजेको नवौं ओभरको पहिलो बलमा ठूलो सट खेलेका कप्तान स्टिभ स्मिथ २४ रनमा शिम्रन हेटमायरबाट उत्कृष्ट क्याच आउट हुन पुगे ।

 

स्मिथले १७ बलमा २ चौका र १ छक्का प्रहार गरे । मार्कस स्टोइनिसले ११ औं ओभरको तेस्रो बलमा सन्जु स्यामसनलाई ५ रनमा हेटमायरबाट क्याच गराएपछि राजस्थानको जित कठिन देखिएको थियो । आश्विनले महिपाल लोमरोरलाई १ रनमा क्याच आउट गराए ।

 

मार्कस स्टोइनिसले १३ औं ओभरको पहिलो बलमा जैसवाललाई बोल्ड आउट गरेपछि दिल्ली खेलमा पूर्णरुपमा हाबी बनेको थियो । १४ औं ओभरको पाँचौ बलमा अक्षर पटेलले एन्डु टाईलाई ६ रनमा कागिसो रबाडाबाट क्याच आउट गराए ।

 

रबाडाले १५ औं ओभरको पाँचौ बलमा जोफ्रा आर्चरलाई २ रनमा कप्तान श्रेयस ऐरबाट क्याच आउट गराउँदा राजस्थान १००–७ को कमजोर अवस्थामा पुगेको थियो । श्रेयस गोपाल २ रनमा क्याच आउट भए । २० औं ओभरको पहिलो बलमा रबाडाले टेवाटियालाई बोल्ड आउट गरे ।

 

रविचन्द्रन आश्विनले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । मार्कस स्टोइनिस २ ओभरमा १७ रन खर्चेर २ विकेट लिए । कागिसो रबाडाले ३.४ ओभरमा ३५ रन खर्चेर ३ विकेट लिए । एनरिच नोर्टजे, अक्षर पटेल र हर्षल पटेलको नाममा एक एक विकेट रह्यो ।

 

त्यसअघि शारजाहमा टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ८४ रन बनाएको थियो । दिल्लीका शिम्रन हेटमायरले २४ बलमा १ चौका र ५ छक्का सहित सर्वाधिक ४५ रनको योगदान दिएका थिए ।

 

जोफ्रा आर्चरले दोस्रो ओभरको तेस्रो बलम ओपनर शिखर धवनलाई यशस्वी जैसवालबाट ५ रनमा क्याच आउट गराए । आर्चरकै पाँचौ ओभरको दोस्रो बलमा ठूलो सट खेलेका पृथ्वी शा टप एज लागेपछि १९ रनमा कट एण्ड बोल्ड आउट हुन पुगे । शा ले १० बलमा २ चौका र १ छक्का प्रहार गरे ।

 

छैटौं ओभरको पाँचौ बलमा कप्तान श्रेयस ऐरलाई जैसवालले उत्कृष्ट डाइरेक्ट हिटमा स्टम्प ताक्दै रन आउट गराएपछि दिल्ली ५०–३ को कमजोर अवस्थामा पुगेको थियो ।

 

दशौं ओभरको दोस्रो बलमा विकेटकिपर ऋषभ पन्तपनि ५ रनमा आउट बन्न पुगेपछि दिल्ली थप समस्यामा परेको थियो । १४ औं ओभरको तेस्रो बलमा स्पिनर राहुल टेवाटियाले मार्कस स्टोइनिसलाई ३९ रनमा स्टिभ स्मिथबाट क्याच आउट भएपछि शारजाहको छोटो बाउन्ड्रीमा ठूलो योगफलको सम्भावना टाढिएको थियो । स्टोइनिसले ३० बलमा ४ छक्का प्रहार गरे ।

 

कार्तिक त्यागीको १७ औं ओभरको अन्तिम बलमा लगातार तेस्रो छक्का प्रहार गर्ने धुनमा ठूलो सट खेलेका हेटमायर लङअङमा टेवाटियाबाट क्याच आउट हुन पुगेपछि विशाल योगफलको सम्भावना टाढिएको थियो । हर्षल पटेल १५ बलमा १ चौका सहित १६ रनमा आउट भए । अक्षर पटेलले ८ बलमा २ चौका र १ छक्का सहित १७ रनमा क्याच आउट भए ।

 

राहुल टेवाटियाले ४ ओभरमा २० रन खर्चेर १ विकेट लिए । कार्तिक त्यागीले ४ ओभरमा ३५ रन खर्चेर १ विकेट लिए । जोफ्रा आर्चरले ४ ओभरमा २४ रन ३ खर्चेर विकेट लिए ।

 

एन्ड्रु टाईले ४ ओभरमा ५० रन खर्चेर १ विकेट लिए । दिल्लीले अव आइतबार मुम्बईसँग खेल्ने छ । आइतबारनै राजस्थानले सनराइजर्स हैदराबादसँग खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस