आज:  २०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

डिभेलियर्सको विष्फोटक ब्याटिङमा बैंग्लुरुको शानदार जीत

एपी खबर २०७७ आश्विन २७, मंगलबार (३ साल अघि) ३२२ पाठक संख्या

आईपीएलको १३ औँ सिजनको २८ औँ खेलमा रोयल च्यालेन्जर्स बैंग्लुरुले कोलकाता नाइट राइडर्सलाई ८२ रनको विशाल अन्तरले पराजित गरको छ ।

 

रनको हिसाबले कोलकाताविरुद्ध बैंग्लुरुको सबैभन्दा ठूलो जीत हो । जीतसँगै बैंग्लुरु अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ ।

 

बैंगुरुले पहिलो ब्याटिङ गर्दै १९५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा कोलकाताले ९ विकेटको क्षतिमा ११२ रन मात्र बनाउन सक्यो । कप्तान दिनेश कार्तिकसमेत टीमका ८ ब्याट्सम्यानले दोहोरो अंकमा रनसमेत बनाउन सकेनन् ।

 

कोलकाताका लागि शुभमन गिलले ३४ तथा राहुल त्रिपाठी र आन्द्रे रसलले १६–१६ रनको योगदान दिए । बैंग्लुरुका लागि वासिंगटन सुन्दर र क्रिस मोरिसले २–२ विकेट लिए ।

 

यसअघि टस जितेर पहिलो ब्याटिङ गर्दै बैंग्लुरुले २ विकेटको क्षतिमा १९२ रन बनायो । खेलमा नायक बनेका एबी डिभेलियर्सले ३३ बलमा ६ छक्का र ५ चौका हिर्काउँलै सर्वाधिक ७३ रन बनाए । विराट कोहलीले २८ बलमा ३३ रन बनाए । दुई जना मिलेर अन्तिम ५ ओभरमा ८३ रन जोडेका थिए ।

 

योसँगै आईपीएलमा दुई जना मिलेर आईपीएलमा ३ हजारभन्दा बढी रन जोड्न सफल भएका छन् ।यो खेलमा तेस्रो विकेटका लागि उनीहरुले ४७ बलमा १ सय रनको पार्टनरशीप गरे ।

बैंग्लुरुका लागि एरोन फिन्चले ४७ तथा देवदत्त पडिक्कले ३२ रन बनाए ।

प्रतिक्रिया दिनुहोस