आज:  २०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

एकदिवसीय विश्वकप क्रिकेटमा: अफगानिस्तान भारत संग ८ विकेटले पराजित

एपी खबर २०८० आश्विन २५, बिहिबार (७ महिना अघि) ११५ पाठक संख्या

काठमाण्डाै – आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले अफगानिस्तानलाई ८ विकेटले हराएको छ ।दिल्लीमा जितका लागि २ सय ७३ रनको लक्ष्य पछ्याएको भारतले ३५ ओभरमा २ विकेट गुमाउँदै भेट्टायो । भारतका कप्तान रोहित शर्माले विश्व कीर्तिमानी शतक बनाएको खेलमा अफगानिस्तान सहजै पराजित भयो । शर्माले सर्वाधिक १ सय ३१ रन बनाए । उनको यो विश्वकपको सातौँ शतक हो । योसँगै शर्मा विश्वकपमा सर्वाधिक शतक प्रहार गर्ने खेलाडी समेत बनेका छन् ।

 

विराट कोहली ५५ रनमा र श्रेयस ऐर २५ रनमा अविजित रहे । इशान किशन ४७ रनमा आउट भए ।अफगानिस्तानका राशिद खानले २ विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ७२ रन बनाएको थियो ।भारतले पहिलो खेलमा अष्ट्रेलियालाई ६ विकेटले हराएको थियो । अफगानिस्तान बङ्लादेशसँग ६ विकेटले हारेको थियो ।भारतले पर्सि शनिवार पाकिस्तानसँग खेल्नेछ । अफगानिस्तानले आइतवार इङ्ल्यान्डसँग खेल्नेछ । आज अस्ट्रेलिया र दक्षिण अफ्रिाकाबीच खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस