आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

एकदिवसीय विश्वकप क्रिकेटमा : न्युजिल्यान्डको यो लगातार तेस्रो जित

एपी खबर २०८० आश्विन २७, शनिबार (७ महिना अघि) ११५ पाठक संख्या

काठमाण्डाै – आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा न्युजिल्यान्डले बङ्गलादेशलाई ८ विकेटले हराएको छ । न्युजिल्यान्डको यो लगातार तेस्रो जित हो । न्युजिल्यान्ड अङ्कतालिकाको शीर्ष स्थानमा रहेको छ । जितका लागि २ सय ४६ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले ४२ ओभर ५ बलमा २ विकेट गुमाउँदै भेट्टायो ।

 

न्युजिल्यान्डका डर्याल मिचेल ८९ रनमा अविजित रहे । कप्तान केन विलियम्सन ७८ रनमा रिटायर्ड आउट भए । डेभन कन्वे ४५ र रचिन रविन्द्र ९ रनमा आउट भए । ग्लेन फिलिप्स १६ रनमा अविजित रहे ।बङ्गलादेशका सकिब अल हसन र मुश्ताफिजुर रहमानले एक/एक विकेट लिए । त्यसअघि चेन्नईमा टस हारेर पहिला ब्याटिङ गरेको बङ्गलादेशले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४५ रन बनाएको थियो । बङ्गलादेशका मुश्फिकुर रहिमले सर्वाधिक ६६ रन बनाए ।कप्तान सकिब अल हसन ४० रनमा आउट भए । महमुदुल्लाह रियाद ४१ रनमा अविजित रहे । न्युजिल्यान्डका लोकी फर्गुसनले ३ विकेट लिए । ट्रेन्ट बोल्ट र म्याट हेनरीले समान दुई/दुई विकेट लिए ।

प्रतिक्रिया दिनुहोस