आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

विश्व कप क्रिकेट:श्रीलङ्कालाई ५ विकेटले पराजित गर्दैं अस्ट्रेलियाले निकाले पहिलो जित

एपी खबर २०८० आश्विन ३०, मंगलबार (७ महिना अघि) १०८ पाठक संख्या

काठमाण्डाै – भारतमा चलिरहेको आईसीसी विश्व कप क्रिकेटमा अस्ट्रेलियाले पहिलो जित प्राप्त गरेको छ । लगातार दुई खेलमा पराजित भएको अस्ट्रेलियाले गएराति लखनउमा सम्पन्न खेलमा श्रीलङ्कालाई ५ विकेटले पराजित गरेको हो । श्रीलङ्काको लगातार तेस्रो हार हो ।

 

श्रीलङ्काले दिएको २ सय १० रनको लक्ष्य अस्ट्रेलियाले ३५ ओभर २ बलमा ५ विकेट गुमाएर पूरा गर्यो । अस्ट्रेलियाका जोस इङ्ग्लिसले सबैभन्दा धेरै ५८ रन बनाए । श्रीलङ्काका दिलसन मधुसनकाले ३ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको श्रीलङ्काले ४३ ओभर ३ बलमा सबै विकेट गुमाएर २ सय ९ रन बनायो । श्रीलङ्काका कुशल परेराले ७८ रन बनाए । अस्ट्रेलियाका एडम जाम्पाले ४ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस