आज:  २०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

आईसीसी विश्व कप क्रिकेट : अस्ट्रेलियाले पाकिस्तानलाई ६२ रनले हरायो

एपी खबर २०८० कार्तिक ४, शनिबार (७ महिना अघि) ११५ पाठक संख्या

काठमाण्डाै – आईसीसी विश्व कप क्रिकेटमा अस्ट्रेलियाले पाकिस्तानलाई ६२ रनले पराजित गरेको छ । चलिरहेको विश्वकप क्रिकेटमा अस्ट्रेलियाको दोस्रो जित र पाकिस्तानको दोस्रो हार हो । अस्ट्रेलियाले दिएको तीन सय ६८ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४५ ओभर ३ बलमा सबै विकेट विकेट गुमाएर तीन सय पाँच रन मात्रै बनायो । पहिलो विकेटका लागि अब्दुल्लाह सफिक र इमाम उल हकले एक सय ३४ रनको साझेदारी गरे ।

 

अस्ट्रेलियाका एडम जाम्पाले सर्वाधिक ४ विकेट लिए । त्यसअघि बेङ्गलुरुको चिन्नास्वामी स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले निर्धारित ओभरमा ९ विकेट गुमाएर तीन सय ६७ रन बनाएको थियो। अस्ट्रेलियाका डेभिड वार्नरले १ सय ६३ र मिचेल मार्शले १ सय २१ रन बनाए । यी दुईले पहिलो विकेटका लागि २ सय ५९ रनको साझेदारी गरे । पाकिस्तानका लागि साहिन साह अफ्रिदीले सर्वाधिक ५ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस