आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

आईसीसी विश्वकप क्रिकेट : दक्षिण अफ्रिकाले बङ्लादेशलाई १ सय ४९ रनले हरायो

एपी खबर २०८० कार्तिक ८, बुधबार (६ महिना अघि) १०१ पाठक संख्या

काठमाण्डाै – आईसीसी विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले बङ्लादेशलाई १ सय ४९ रनको फराकिलो अन्तरले हराएको छ । जितसँगै दक्षिण अफ्रिका पाँच खेलमा ८ अङ्कका साथ तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । उसको सेमिफाइनलकाे सम्भावना पनि बलियो बनेको छ । जितका लागि ३ सय ८३ रनको लक्ष्य पछ्याएको बङ्लादेश ४६ ओभर ४ बलमा २ सय ३३ रनमा अलआउट भयो ।

 

बङ्लादेशका महमुदुल्लाह रियादले सर्वाधिक १ सय ११ रनको शतकीय पारी खेले पनि टोलीको हार टार्न सकेनन् । उनको एकदिवसीयमा चौथो र विश्व कपको तेस्रो शतक हो । दक्षिण अफ्रिकाका जेराल्ड कोट्जीले ३ तथा कागिसो रबाडा, मार्को यानसन र लिजार्ड विलियम्सले समान दुई विकेट लिए । केशव महाराजले एक विकेट लिए ।

 

त्यसअघि मुम्बईमा टस जितेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय ८२ रन बनाएको थियो । यो विश्व कपमा दक्षिण अफ्रिकाले तेस्रो पटक ३ सय ५० भन्दा धेरै रन बनाएको हो । यसअघि श्रीलंकासँगको खेलमा ४ सय २८ र इङ्ल्यान्डसँगको खेलमा ३ सय ९९ रन बनाएको थियो । दक्षिण अफ्रिकाका क्विन्टन डिककले सर्वाधिक १ सय ७४ रन बनाए । यो विश्व कपमा उनको तेस्रो शतक हो ।

प्रतिक्रिया दिनुहोस