आज:  २०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

टी–२० विश्वकप छनोटमा नेपालको सानदार सुरुवात

एपी खबर २०८० कार्तिक १३, सोमबार (६ महिना अघि) १०४ पाठक संख्या

काठमाडौँ– आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा नेपालले विजयी सुरुवात गरेको छ ।आज काठमाडौँको कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा भएको खेलमा सिंगापुरलाई ८ विकेटले हराउँदै नेपालले विजयी सुरुवात गरेको हो ।जितका लागि १ सय ४६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १६ ओभर ३ बलमा २ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍याे ।

 

नेपालका ओपनर कुशल भुर्तेलले सर्वाधिक ७४ रनको अर्धशतकीय इनिङ खेले। यस्तै, रोहित पौडेलले ३५, आशिफ शेखले २७ रन जोडे । सिंगापुरका लागि अनन्त कृष्ण र अक्षय पुरीले १–१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १४५ रन बनाएको थियो ।सिंगापुरका रोहन रंगराजनले सर्वाधिक ४६ रन बनाए । यस्तै, आर्यवीर चौधरीले ३७, मानप्रित सिंहले २४ तथा अक्षय पुरीले १३ रन जोडे ।

नेपालका करण केसीले तीन तथा सन्दीप लामिछाने, गुल्शन झा र अभिनाश बोहराले दुई–दुई विकेट लिए ।नेपालले आयोजना गरेको टी–२० विश्वकपको एसिया छनोटका खेलहरू त्रिवि मैदानका साथै मूलपानी क्रिकेट मैदानमा हुनेछन् । समूह चरणमा नेपालले सबै खेल कीर्तिपुर मैदानमा खेल्नेछ । कात्तिक १९ गतेसम्म चल्ने प्रतियोगितामा ८ देश सहभागी छन् । जसअन्तर्गत समूह ‘ए’ मा नेपालसहित सिंगापुर, ओमान र मलेसिया छन् । समूह ‘बी’ मा यूएई, बहराइन, हङकङ र कुवेत छन् । नेपालले दोस्रो खेल भोलि मलेसिया र कात्तिक १६ गते ओमानसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस