आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मलेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा

एपी खबर २०८० कार्तिक १४, मंगलबार (६ महिना अघि) १०८ पाठक संख्या

काठमाण्डाै – मलेसियालाई हराउँदै नेपाल एक खेलअघि नै आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट प्रतियाेगिताकाे सेमिफाइनलमा पुगेकाे छ । आज मङ्गलवार भएकाे खेलमा नेपालले मलेसियालाई ६ विकेटले हरायाे । समूह ‘ए’ बाट नेपाल र ओमानले सेमिफाइनलमा स्थान बनाएका हुन् । समान ४ अङ्क भए पनि नेपाल नेट रनरेटका आधारमा शीर्ष स्थानमा छ ।

 

मलेसियाले दिएकाे १ सय ६६ रनकाे लक्ष्य नेपालले १८ ओभरमा ४ विकेट गुमाएर भेटायाे । नेपालका कुशल मल्लले अर्धशतक बनाए । मल्ल ३४ बलमा ७ छक्का र २ चाैका प्रहार गर्दै ६५ रन बनाएर आउट भए । यस्तै कुशल भुर्तेलले ४३ र आसिफ शेखले ३२ रन बनाए । यसअघि कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेकाे मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६५ रन बनायाे । मलेसियाका सइद अजिजले सर्वाधिक ६८ रन बनाए । बलिङतर्फ नेपालका अबिनाश बाेहराले ४ तथा सन्दीप लामिछाने, गुलसन झा र कप्तान राेहित पाैडेलले समान १ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस