आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा बङ्गलादेश ७ विकेटले पराजित

एपी खबर २०८० कार्तिक १५, बुधबार (६ महिना अघि) १०० पाठक संख्या

काठमाण्डाै – आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानले बङ्गलादेशलाई हराएकाे छ । आज मङ्गलवार भएकाे खेलमा पाकिस्तानले बङ्गलादेशलाई ७ विकेटले हरायाे । बङ्गलादेशले दिएकाे २ सय ५ रनकाे मध्यम लक्ष्य पाकिस्तानले ३२ ओभर ३ बलमा ३ विकेट गुमाएर भेटायाे । बङ्गलादेशका लागि फखर जमानले सर्वाधिक ८१ रन बनाए । यस्तै अब्दुल्लाह शफिक ६८ रन बनाएर आउट भए । बलिङतर्फ बङ्गलादेशका मेहिदी हसन मिराजले ३ विकेट लिए ।

 

यसअघि काेलकाताकाे इडेन गार्डेन्समा टस जितेर ब्याटिङ गरेकाे बङ्गलादेश ४५ ओभर १ बलमा २ सय ४ रनमा अलआउट भयाे । बङ्गलादेशका महमदुल्लाहले सर्वाधिक ५६ रन बनाए । यस्तै लिटन दास ४५ र कप्तान शकिब अल हसन ४३ रनमा आउट भए । बलिङतर्फ पाकिस्तानका शाहीन अफरिदी र माेहम्मद वसिमले समान ३ तथा हरिस रउफले २ विकेट लिए ।

 

प्रतियाेगितामा लगातार ४ खेलकाे हारपछि पाकिस्तानकाे याे पहिलाे जित हाे । एकै संस्करणकाे विश्वकपमा पाकिस्तानले लगातार ४ खेलमा हार बेहाेरेकाे पहिलाे पटक हाे । पहिलाे खेलमा नेदरल्यान्ड्सलाई र दाेस्राे खेलमा श्रीलङ्कालाई हराएकाे पाकिस्तान त्यसपछि भने लगातार ४ खेलमा पराजित भएकाे थियाे । पाकिस्तान तेस्राे खेलमा भारतसँग, चाैथाे खेलमा अस्ट्रेलियासँग, पाँचाैँ खेलमा अफगानिस्तानसँग र छैटाैँ खेलमा दक्षिण अफ्रिकासँग पराजित भएकाे थियाे । जितसँगै पाकिस्तान ७ खेलमा ६ अङ्कसहित तालिकाकाे पाँचाैँ स्थानमा उक्लिएकाे छ । बङ्गलादेश उति नै खेलमा २ अङ्कसहित नवाैँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस