आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रथम वीरगन्ज गोल्डकप : संकटा क्लब काठमांडौ विजयी

AuthorAP Khabar२०८० कार्तिक १९, आईतबार (६ महिना अघि) ९७ पाठक संख्या

बिरगंज : प्रथम वीरगन्ज गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा संकटा क्लब काठमांडौ विजयी भएको छ । ९० मिनेटको निर्धारित समयको खेलमा एपीआई चर्च ब्याईजलाई संकटा क्लब काठमांडौले ४–० ले पराजित गरेको हो ।

 

आदर्शनगर खेल मैदानमा सुरु भएको फुटबल प्रतियोगीतामा संकटा क्लब काठमांडौले जितसंगै सेमिफाइनलमा प्रवेश गरेको छ । खेलको पहिलो हाफदेखि संकटा क्लबले प्रतिस्पर्धीलाई दबाब दिदै आएको थियो । सुरु देखि खेलमा दबाद बनाएको संकटाले पहिलो हाफको २३ औ मिनेटमा गोल प्रहार गरेको थियो । पहिलो गोल संकटाका जर्सी नम्बर ११ का खेलाडी समिर राईले गरेका थिए ।

 

पहिलो हाफमा एक गोलको अग्रता संगै दोस्रो हाफमा पनि संकटाले निरन्तर बल पोस्टमा प्रहार गरीरहेको थियो ।
दोस्रो हाफमा एपीआई चर्च ब्वाईजले गोल गर्न प्रयास गरेपनि सकेका थिएनन् । त्यसपछि संकटाका अर्को खेलाडी जर्सी नम्बर ९ का नरेश हमालले आफ्नो टिमका लागी दोस्रो गरे ।
दोस्रो गोल गरेको केहि मिनेटमा संकटाले खेलको ३४ औ मिनेटमा तेस्रो गोल गरेको थियो । संकटाका जर्सी नम्बर ७ का विदेशी खेलाडी फोफानो फोडेले गोल गरेका थिए ।
३ गोल खाएको एपीआई चर्च ब्वाईजका खेलाडीले गोल फर्कोउन निरन्तर प्रयास गरीरहेका थिए । तर उनी दबादमा परेपछि सकिरहेका थिएनन् ।

 

खेलमा सुरु देखि नै दबादमा परेका एपीआई चर्च ब्वाईजका खेलाडी चौथो गोल पनि रोक्न सकेनन् । खेलको ४२ औ मिनेटमा पनि संकटाले पुन गोल गरेको थियो । संकटाले निरन्तर गोल प्रहार गरेपछि खेल थप रोमान्चक बनेको थियो ।
चौथो गोलमा संकटाका जर्सी नम्बर ७ का विदेशी खेलाडी फोफानो फोडेले गोल गरेका थिए । उनले आफ्नो टिमका लागी दोस्रो गोल गरेका थिए ।

 

खेलको म्यान अफ दी म्याच वीरगन्जका संकटा क्लबका जर्सी नम्बर ७ का फोफानो फोडे विदेशी घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे ।प्रतियोगितामा सोमबारको खेल नेपाल पुलिस क्लब र क्लाईभ हाउस डमडम कलकता बिच हुने आयोजक भेट्रान सिटी क्लब वीरगन्जका महासचिव उपाध्यक्ष सागर राणले जानकारी दिए । पर्यटन प्रवर्द्धन एवं खेलको विकास गर्ने उद्देश्यका साथ प्रथम वीरगन्ज फुटबल गोल्डकप प्रतियोगिता भएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस