आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

एक दिवसीय विश्व कप क्रिकेटमा : भारतले दक्षिण अफ्रिकालाई २ सय ४३ रन हरायो

एपी खबर २०८० कार्तिक २०, सोमबार (६ महिना अघि) १०४ पाठक संख्या

काठमाण्डाै – आईसीसी एक दिवसीय विश्व कप क्रिकेटमा भारतले दक्षिण अफ्रिकालाई २ सय ४३ रनको ठूलो अन्तरले पराजित गरेको छ । कोलकाताको इडेन गार्डेनमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३ सय २६ रन बनायो ।

 

तीन सय २७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका २७ ओभर एक बलमा ८३ रन मात्रै बनाएर अलआउट भयो । जारी विश्व कपमा भारतको यो लगातार आठौँ जित हो । भारत १६ अङ्कसहित शीर्ष स्थानमा छ । हिजोको जितसँगै भारत शीर्ष स्थानमा रहेरै सेमिफाइनलमा पुग्ने पक्का भएको छ । भारत सेमिफाइनलमा भने यसअघि नै पुगिसकेको थियो । दक्षिण अफ्रिका पनि सेमिफाइनलमा पुगिसकेको छ । विश्व कपमा आज दिउँसो सवा २ बजे बङ्लादेश र श्रीलङ्का खेल्दैछन् ।

प्रतिक्रिया दिनुहोस