आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

एकदिवसीय विश्व कप क्रिकेट : बङ्गलादेशले श्रीलङ्कालाई ३ विकेटले हरायो

एपी खबर २०८० कार्तिक २१, मंगलबार (६ महिना अघि) १०६ पाठक संख्या

काठमाण्डाै – आईसीसी एकदिवसीय विश्व कप क्रिकेटमा बङ्गलादेशले श्रीलङ्कालाई ३ विकेटले पराजित गरेको छ ।श्रीलङ्काले दिएको दुई सय ८० रनको लक्ष्य बङ्गलादेशले ४१ ओभर १ बलमा ७ विकेट गुमाएर पूरा गर्यो । त्यसअघि दिल्ली अरुण जेटली स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलङ्का ४९ ओभर ३ बलमा २ सय ७९ रन बनाउँदा अलआउट भयो ।

 

हिजोको खेलमा समयमै ब्याटिङ नगरेपछि श्रीलङ्काका खेलाडी एन्जेलो म्याथुज टाइम आउट भए । यो हारसँगै श्रीलङ्काको सेमिफाइनलको बाँकी आशा सकियो भने शीर्ष ८ मा परेर च्याम्पियन्स ट्रफीमा छनोट हुने आशामा समेत धक्का लागेको छ । आठ खेलमा २ खेल जितेको श्रीलङ्का ४ अङ्कसहित आठौँ स्थानमा छ । आठ खेलमा २ वटै खेल जितेको बङ्गलादेश रन रेटका आधारमा सातौँ स्थानमा छ । श्रीलङ्काले विश्व कप २०२३ मा आफ्नो अन्तिम खेल न्युजिल्यान्डसँग खेल्नेछ भने बङ्गलादेशले आफ्नो अन्तिम खेल अस्ट्रेलियासँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस