आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

यू-१९ एसिया कपको खेल तालिका सार्बजनिक, कहिले खेल्दैछ नेपाल ?

एपी खबर २०८० कार्तिक २२, बुधबार (६ महिना अघि) ९४ पाठक संख्या

काठमाडौं । यूएईमा यहि डिसेमबर ८ बाट सुरु हुने यू- १९ एसिया कपमा पनि नेपालले समूह चरणमा कठिन प्रतिद्धन्द्धी पाएको छ ।एसियाली क्रिकेट बोर्डले बुधबार सार्वजनिक गरेको खेल तालिा अनुसार नेपालले समूह चरणमा भारत र पाकिस्तानसँग भिड्नुपर्ने भएको हो । यसअघि नेपालको राष्ट्रिय टिमले पनि एसिया कपमा भारत र पाकिस्तानसँगै भिडेको थियो ।

 

आज सार्वजनिक खेल तालिका अनुसार नेपाल रहेको समूहमा भारत पाकिस्तानसँगै अफगानस्तानसमेत रहेका छन् । भने समूह बी मा आयोजक यूएईसँगै बंगलादेश, श्रीलंका र जापान रहेका छन् ।प्रत्येक समूहबाट शीर्ष दुई टीम सेमिफाइनलमा प्रवेश गर्नेछन् । दुवै सेमिफाइनल १५ डिसेम्बरमा दुई अन्तर्राष्ट्रिय रंगशालामा आयोजना हुने भएको छ । हालै भएको छनोट प्रतियोगिताबाट नेपालको यू-१९ टिमले एसिया कपमा स्थान बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस