आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेपाल पुलिस क्लब प्रथम वीरगन्ज गोल्डकप फुटबलको फाइनलमा प्रवेश

एपी खबर २०८० कार्तिक २२, बुधबार (६ महिना अघि) ११२ पाठक संख्या

पर्सा : आयोजक भेट्रान सिटी क्लब वीरगन्जलाई सडन डेथमा स्तब्ध पार्दै नेपाल पुलिस क्लब वीरगन्ज गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।वीरगन्जको आदर्शनगर रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा पुलिसले आयोजक वीरगन्जलाई टाइबेकरमा सडन डेथमा पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो । निर्धारित ९० मिनेटमा गोलरहित बराबरीमा सकिएपछि खेल टाइबेकरमा धकेलिएको थियो ।

 

तर टाइबेकरमापनि ३–३ गोलको बराबरी भएपछि खेल सडन डेथमा पुगेको थियो । यसअघि ९० मिनेटको खेल निक्कै रोमाञ्चक थियो । दुवै टिमका स्टाइकरहरुले गोल गर्ने पटक पटक प्रयास गरेपनि गोलरक्षकहरुले उत्कृष्ट बचाउदैं विफल तुल्याइदिएका थिए । टाइबेकरमा पुलिसका लागि उज्वल राई , हेम तमांग र पृथ्वी चौधरी गोल गर्न सफल भएका थिए ।

 

कप्तान रामचन्द्र वजे र प्रताप गुरुंगको प्रहार भने वीरगन्जका गोलरक्षक राजु नगरकोटीले रोकेर विफल तुल्याइदिएका थिए ।यता वीरगन्जका अबी लामा, सुजल डंगोल र राजु नगरकोटीले गोल गर्न सफल भएका थिए।राजन चौधरीको प्रहार पुलिसको गोलपोष्टको बारमाथिबाट बाहिरिएको थियो भने शीर्षस थापाको प्रहारलाई पुलिसका गोलरक्षक सत्रुधन चौधरीले रोकेर गोल हुनबाट जोगाएका थिए ।

टाइबेकर र सडन डेथमा गरि वीरगन्जको तीन वटा प्रहार रोक्न सफल पुलिसका गोलरक्षक सत्रुधन चौधरी म्यान अफ दी म्याच घोषित भए । उनले १० हजार रुपैयाँ पुरस्कारपनि प्राप्त गरे । उपाधीका लागि अब पुलिसले फाइनलमा त्रिभुवन आर्मी क्लब र संकटा क्लबबिच बिहीबार हुने दोश्रो तथा अन्तिम सेमिफाइनल खेलको विजेतासंग आगामी शनिबार प्रतिस्पर्धा गर्नेछ ।मधेस प्रदेशकै सबैभन्दा उच्च धनराशीको यो प्रतियोगिता कार्तिक २५ गते सम्म चल्ने छ । प्रतियोगितामा नेपालका ६ र भारतका दुई गरी कूल आठ टिम सहभागी छन्। वीरगन्ज महानगरपालिकाको मुख्य प्रायोजनमा आयोजित प्रतियोगिताको उपाधि उपविजेता टिमलाई नगद ११ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेता टिमलाई नगद ५ लाख ५५ हजाार ५ सय ५५ रुपैयाँ पुरस्कार प्रदान गरिने प्रतियोगिताका प्रेस संयोजक तिवारी यादवले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस