आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

विश्व कप क्रिकेटमा इङ्ल्यान्डले नेदरल्यान्ड्सलाई हरायो

एपी खबर २०८० कार्तिक २३, बिहिबार (६ महिना अघि) ८२ पाठक संख्या

काठमाण्डाै – आईसीसी एकदिवसीय विश्व कप क्रिकेटमा इङ्ल्यान्डले नेदरल्यान्ड्सलाई १ सय ६० रनको फराकिलो अन्तरले हराएको छ । जितसँगै इङ्ल्यान्डले सन् २०२५ को च्याम्पियन्स ट्रफी खेल्ने सम्भावना बढेको छ ।हारसँगै नेदरल्यान्ड्सको विश्व कपमा सेमिफाइनल खेल्ने सम्भावना सकिएको छ । जितका लागि ३ सय ४० रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ३७ ओभर २ बलमा १ सय ७९ रनमा अलआउट भयो ।

 

नेदरल्यान्ड्सका तेजा निडामानुरुले सर्वाधिक ४१ रन बनाए । इङ्ल्यान्डका आदिल राशिद र मोइन अलीले समान ३/३ विकेट लिए । डेविड विल्लीले दुई र क्रिस वोक्सले एक विकेट लिए । त्यसअघि पुणेमा टस जितेर पहिला ब्याटिङ गरेको इङ्ल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय ३९ रन बनाएको थियो ।इङ्ल्यान्डका बेन स्टोक्सले सर्वाधिक १ सय ८ रनको शतकीय पारी खेले । डेविड मलान ८७ रनमा र क्रिस वोक्स ५१ रनमा आउट भए । नेदरल्यान्ड्सका बास डि लिडले ३ विकेट लिए । अर्यान दत्त र लोगन भान विकले समान २/२ विकेट लिए ।

 

इङ्ल्यान्ड ८ खेलमा २ मा जित र ६ मा हारसहित सातौंँ स्थानमा छ । नेदरल्यान्ड्स पुछारमा छ । सन् २०२५ मा पाकिस्तानमा हुने च्याम्पियन्स ट्रफी यो विश्वकपका पाकिस्तानबाहेक शीर्ष ७ टोलीले खेल्न पाउनेछन् । अब इङ्ल्यान्ड, बङ्लादेश, श्रीलङ्का र नेदरल्यान्ड्समध्ये दुई टोलीले खेल्न पाउनेछन् । सबै टोलीले समान एक खेल खेल्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस