आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

त्रिभुवन आर्मी क्लब प्रथम वीरगन्ज गोल्डकप फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश

एपी खबर २०८० कार्तिक २३, बिहिबार (६ महिना अघि) ११३ पाठक संख्या

पर्सा : त्रिभुवन आर्मी क्लब प्रथम वीरगन्ज गोल्डकप फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । संकटा क्लबलाई १–० गोलले हराउदै त्रिभुवन आर्मी क्लबले फाईनलमा प्रवेश गरेको हो । ९० मिनेटको निर्धारित समयमा खेलको पहिलो हाफको २२े गोल गरेर जितेको हो । त्रिभुवन आर्मी क्लबका जर्सी नम्बर ३० का खेलाडी रिपु बलोनले गरेको गोल नै अन्तिम सम्म निर्णायक रहेको थियो ।

 

त्रिभुवन आर्मी क्लब सुरुको समयदेखि संकटा क्लब माथी हाबि बनेको थियो । संकटा क्लबका खेलाडी पटक पटक त्रिभुवन आर्मी क्लबको पोष्टमा बल हानेपनि गोल गर्न सकेका थिएनन् । खेलको म्यान अफ दी म्याच नेपाल पुलिस क्लबका जर्सी नम्बर ३० का खेलाडी रिपु बलोन घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे । बुधबार भएको पहिलो सेमिफाईन खेलमा नेपाल पुलिस क्लबले आयोजक भेट्रान सिटि क्लबलाई हराएर फाईनलमा प्रवेश गरीसकको छ ।

 

प्रतियोगितामा शनिबार हुने फाईनल खेलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब बिच हुने आयोजकले जनाएको छ । मधेस प्रदेशकै सबैभन्दा उच्च धनराशीको यो प्रतियोगिता कार्तिक २५ गते सम्म चल्ने छ । प्रतियोगितामा प्रथम हुने क्लबले ११ लाख ११ हजार एक सय ११ र दोस्रो हुने क्लबले पाँच लाख ५५ हजार पाँच सय ५५ नगदसहित प्रमाणपत्र र सिल्ड पाउने छन ।

प्रतिक्रिया दिनुहोस