आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

केपी ओली कप टी–२० क्रिकेटमा कर्णाली प्रदेशको विजयी सुरुवात

एपी खबर २०८० मंसिर ९, शनिबार (५ महिना अघि) ७८ पाठक संख्या

काठमाण्डाै – केपी ओली कप टी–२० क्रिकेटमा कर्णाली प्रदेशले पहिलो जित निकालेको छ । आजको पहिलो खेलमा कर्णाली प्रदेशले मदन भण्डारी स्पोर्ट्स एकेडेमी ‘रातो’ लाई ४ विकेटले हरायो ।टस जितेर पहिला ब्याटिङ गरेको मदन भण्डारी स्पोर्ट्स एकेडेमी ‘रातो’ ले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ९ रन बनाएको थियो । जितका लागि १ सय १० रनको लक्ष्य पछ्याएको कर्णालीले १८ ओभर एक बलमा ६ विकेट गुमाउँदै भेट्टायो ।

 

हिजो भएको खेलमा बाग्मतीले कर्णालीलाई ९० रनले र अस्ति भएको खेलमा मदन भण्डारी स्पोर्ट्स एकेडेमी ‘रातो’ लाई १ सय ९ रनले हराएको थियो । बाग्मती समूह ‘ए’ का दुवै खेल जित्दै सेमिफाइनलमा पुगिसकेको छ।त्यस्तै, आज हुने दोस्रो खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लब र लुम्बिनी प्रदेशबीच दिउँसो एक बजे खेल हुनेछ । हिजो भएको खेलमा एपीएफलाई हराउँदै गण्डकीले विजयी शुरुवात गरेको छ । केपी ओली कप पोखरा रङ्गशालामा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस